काठमाडौँ– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धको अवमूल्यन गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले सचिव योगेश भट्टराईले जनयुद्ध शव्दको खण्डन गरेपछि पौडेलले जनयुद्धको अवमूल्यन नगर्न र यस बिषयमा शव्दकोष पल्टाएर हेर्न सुझाव समेत दिए ।


ADVERTISEMENT

# # #


जनताले लडेको युद्ध जनयुद्ध भएकाले जनयुद्ध अन्य कुनै जनावरकारबीच भएको जस्तो गरी भइरहेको टिप्पणीप्रति उनले आपत्ति जनाए । उनले १२ बुदे सहमतिमा एमालेका नेताहरुले नै गरेको हस्ताक्षर गरेको नबिर्सन समेत भट्टराईलाई सुझाए ।

पौडेलले संसदको रोष्टममा आएर कटाक्ष गर्नुभन्दा गणतन्त्रको रक्षामा लाग्न सुझाव दिदै त्यसका लागि हातेमालो गर्न माओवादी तयार रहेको सुनाए । सरकारको नीति तथा कार्यक्रम ताली पिटेरै बहुमतले पारित गन उनकोे जिकिर छ । उनले अहिलेको समय शव्दजालमा रमाइलो गर्ने समय नभएकाले अर्थतन्त्र सुधार गरेर मुलुकलाई अघि बढाउने कुरामा एकताका साथ अघि बढ्नुपर्ने समेत बताए ।

पौडेलअघि आजैको बैठकमा एमाले नेता योगेशकुमार भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शव्द उल्लेखित भएको भन्दै असहमति जनाएका थिए । ७२ सालपछि कुनैपनि सरकारी दस्तावेजमा जनयुक्त शब्द उल्लेख नभएपनि प्रधानमन्त्रीले अहिले राष्ट्रपतिलाई जनयुद्ध शव्द उच्चारण गर्न लगाएको उनको धारणा थियो ।

भट्टराईले अहिले कार्यक्रमको १ नंवर बुँदा कांग्रेसले स्वीकार्य गरे कांग्रेसलाई इतिहासले विदा गर्न सक्ने अवस्था आउने चेतावनी समेत दिएका थिए । सरकारको कार्यक्रमलाई समेत स्वीकार गर्न नसकिने भन्दै यसलाई पुनर्लेखन गर्नुपर्ने उनको माग थियो ।