काठमाडौँ – आज मंगल चौथी, वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले यस दिन विशेष गरेर भगवान् श्री गणेशको पूजा आराधना गरी मनाउने प्रचलन छ ।


ADVERTISEMENT


भगवान् गणेशको जन्मदिन चतुर्थी तिथीमा पर्ने भएकोले यस दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ । मंगल चौथीका अवसरमा काठमाडौंको कमलादीस्थित गणेशस्थान लगाएत देशभरका मगोशमन्दीरमा विशेष पूजा आराधना गर्ने भक्तजनहरूको भीड लागेको छ ।


ADVERTISEMENT

# # #


मंगलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गर्दछन् भने कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नुअघि हिन्दु धर्म संस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।

भगवान् श्री गणेशलाई मंगलकार देवता मानिन्छ । गणेश शुभफल प्रदान गर्ने देवताको रूपमा चिनिन्छन् । भगवान् गणेशको जन्म भाद्र शुक्ल चतुर्थीका दिन भएको थियो । त्यसैले वर्षमा मंगलवार पर्ने चतुर्थी तिथिलाई गणेश चौथीको रूपमा पूजा आराधना गर्ने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको परम्परा रही आएको छ ।