सृजना मगर, काठमाडौँ – काठमाडौंमा मंगलबारदेखि सम्पदा यात्रा बस सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


काठमाडौ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरिएको बस सेवाको ललितपुरको पुल्चोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गरेका हुन् । पुल्चोकस्थित पर्यटक बसर्पाकपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महांकाल मन्दिर, दरवारमार्ग, नारायणहिटी दरवार, स्वयम्भू लगाएतका स्थान हुँदै पुन: पुल्चोकसम्म आउने छ ।


ADVERTISEMENT

# # #


परीक्षणका रुपमा सुरु गरिएको सम्पदा यात्रा बसको यात्रा एक सातासम्मका लागि नि:शुल्क गरिएको पर्यटनमन्त्री किराँतीले जानकारी दिए । उनले विद्यमान ऐन कानुनका कारण सम्पदा यात्रा बस सञ्चालन गर्न पनि निकै कठिन भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

उनले भने,  ‘हामीले यसलाई सञ्चालन गर्ने भनेर धेरै अगाडिदेखि लागेका थियौँ । अन्तिम घडीमा पनि हामीले भाडा समायोजन अझै गर्न सकेका छैनौँ । हाम्रो चेताना र आवश्यकता अगाडि गएछ, हाम्रो ऐन, कानुन धेरै पछाडि रहेछ ।’

मन्त्री किराँतीले बागमती प्रदेशसम्म समन्वय गर्दै छिटै भाडा दर तय गरिने बताए । उनले भने, ‘भाडा निर्धारण गर्ने अधिकार प्रदेशसँग रहेछ । यस्तो बसको भाडा निर्धारण गर्ने व्यवस्था ऐन कानुनमै रहेनछ । सबैले यसको प्रवर्द्धनका लागि लागौँ भन्न चाहन्छु ।’

सम्पदा घुम्ती सेवा अन्तर्गत पहिलो चरणमा साझा यातायातका दुई वटा विद्युतीय बस सञ्चालन हुनेछन् । आगामी दिनमा सम्पदा यात्रा बसको संख्या थप्दै लैजाने बताइएको छ ।