काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । राजदूत शर्माले बिहीबार नयाँदिल्लीस्थित जयशंकरको कार्यालय पुगेर उनीसँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटबारे राजदूत शर्माले दुई देशबीचको लामो सम्बन्धलाई अझ प्रगाढ बनाउने लगायतका द्विपक्षीय विषयमा कुराकानी भएको उल्लेख गरेका छन् । यता भारतीय विदेशमन्त्री जयशंकरले राजदूत शर्मासँग भेट भएकोमा खुसी व्यक्त गर्दै गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको बताएका छन् । उनले आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको तयारीकाबारेमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् ।