काठमाडौँ– नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


शुक्रवार बसेको बैठकमा सरकारका प्रतिपक्ष एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको आरोपको खण्डन गर्दै बैठक अवरुद्व गरेको हो । पशुपतिनाथमा सुन भनेर पित्तल हालेको झुठो आरोप अध्यक्ष केपी ओलीमाथि लगाइएको उनीहरुको राय छ ।


ADVERTISEMENT

# # #


यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए। उक्त आरोप खण्डन गर्दै एमाले सांसदहरुले बेल घेराउ गरेका थिए ।

सभामुख देवराज घिमिरेले शान्त भएर बस्न पटक–पटक आग्रह गर्दा पनि एमाले सांसद रोकिएका थिएनन् । करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि अन्ततः उनले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।