काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । शुक्रबार बसेको बैठकको सुरुमै एमाले सांसदहरुले सत्तापक्षका सांसदहरुले सदनमा नियोजित रुपमा एमालेमाथि भ्रष्टचारको आरोप लगाएको भन्दै नारावाजी सहित वेल घेराउ गरेपछि बैठक अवरुद्ध भएको हो ।

ADVERTISEMENT

सत्तापक्षका सांसदले रोष्टममा उभिएर अध्यक्षा केपी शर्मा ओलीमाथि पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै एमाले सांसदले आपत्ति जनाएका थिए । पशुपतिको गजुरको छानबिन हुनुपर्ने र यसप्रति सरकार जवाफदेही हुनुपर्नेका साथै गैरजिम्मेवारीपूर्वक आरोप लगाउने सांसदले माफी माग्नुपर्ने मागसहित एमाले सांसदले बेल घेराउ गरी बैठक अवरुद्व खडा गरेका थिए ।

ADVERTISEMENT

# # #

सभामुख देवराज घिमिरेले पटक–पटक आग्रह गर्दा एमाले सांसद नरोकिएपछि उनले २० मिनेटका लागि बैठक स्थगित भएको बताएका थिए । यद्यपि बैठक स्थगितको १ घन्टा बितिसक्दा पनि अहिलेसम्म बैठक पुनः सुचारु भएको छैन ।

प्रतिनिधि सभा बैठकमा एमालेको विरोध तस्बिरमा हेरौं

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नाराबाजी गरी संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरःरासस

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो स्थानबाट उठेर संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरः किरणराज विष्ट/रासस

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रियगानमा सहभागी हुँदै सांसदहरु। तस्बिरः किरणराज विष्ट/रासस