काठमाडौँ – नवलपरासीको सुनवल नगरपालिका–४ सुनवल चोकमा सानिमा बैंक लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको शुक्रबार बैँकका ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।


ADVERTISEMENT


समुद्घाटन् समारोहमा मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैँकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैँकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


सानिमा बैँकले देशभर १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।