काठमाडाैँ– नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ। नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले शुक्रबारबाट भारत निर्यात सुरु भएको प्राधिकरणले जानकारी दिएको छ।


ADVERTISEMENT


प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भट्टराईका अनुसार शुक्रबार ६ सय मेगावाट आवर बिजुली भारत निर्यात गरिएको थियो। शनिबार १२ बजेयता सुरु भएको निर्यातअनुसार १०० मेगावाट आवर निर्यात भइसकेको छ।


ADVERTISEMENT

# # #


आइतबार भने विद्युत् कारोबार नहुने भट्टराईले जानकारी दिए।

देशमा प्रि–मनसुन भित्रिएपछि नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको भट्टराईले जानकारी दिए।

प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतियुनिटको हाराहारीमा निर्यात गरेको उनले बताए। हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो।