• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




विकास र समृद्धिको आधार गणतन्त्र : प्रदेश प्रमुख शर्मा

May 29, 2023 |

विकास र समृद्धिको आधार गणतन्त्र : प्रदेश प्रमुख शर्मा

865
SHARES
ShareTweet

काठमाडाैँ– बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् ।


ADVERTISEMENT


सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रूपमा गणतन्त्र दिवस रहेको भने ।


ADVERTISEMENT

# # #


सन्देशमा भनिएको छ ‘यस महत्वपूर्ण दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले भनेका छन्, ‘गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर सहिदहरूप्रति हार्दिक श्रद्घासुमन अर्पण गर्दै बेपत्ता, घाइते तथा अपाङ्गता योद्धाहरूमा उच्च सम्मान प्रकट गर्दछु ।’

प्रमुख शर्माले शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलन २०६२/६३ को वसन्त क्रान्तिको जगमा नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको उल्लेख गरेका छन् ।

‘यो दिनलाई हामी वंश परम्परामा चलिआएको निरंकुश, केन्द्रिकृत र एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने दिनका रूपमा स्मरण गर्दछौँ’, शुभकामना सन्देशमा उल्लेख छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousलुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत
Nextलोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव : प्रधानमन्त्री दाहाल

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved