काठमाडौँ– काठमाडौँ महानगर प्रमुख बालेन साहले सांसदहरुमाथि व्यंग्य हानेका छन् । सोमबार भएको आर्थिक बर्ष २०८०/८१ को बजेटले सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिने गरेको निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन् ।


ADVERTISEMENT


कोषसम्बन्धि सरकारको निर्णयमाथि टिप्पणी गर्दै उनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’


ADVERTISEMENT

# # #