काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सांसद विकास कोष ब्यूँताउन नखोजेको दाबी गरेका छन् ।


ADVERTISEMENT


अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणासहित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको बताएका हुन् । उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदहरूको भूमिका आयोजना छनौट गर्ने मात्रै भएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले आफ्नो क्षेत्रमा आवश्यक आयोजनाका बारेमा सांसदहरुलाई नै बढी जानकारी हुने भएकाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको जिकिर गरे । मन्त्री महतले पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको भन्दै यसको कार्यान्वयनमा आशंका नगर्न आग्रह गरे ।

बजेटका माध्यमबाट पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रकृयालाई प्रभावकारी बनाइने उनले बताए । मन्त्री महतले राजस्व नीतिमा व्यापक सुधार गरेको दावी गर्दै कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी काम नगरेको जिकिर गरे ।

उनले नीतिका व्यवस्था कार्यान्वयनमा समन्वय हुने गरी मौद्रिक नीति आउने जानकारी दिए। बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने नभएको भन्दै व्यवस्थीत गर्न मात्रै खोजिएको उनले बताए ।