एजेन्सी– मस्को जाँदै गरेका थुप्रै मानवरहित ड्रोनहरूमा मङ्गलबार बिहानै रुसको राजधानी नजिकै गोली हानाहान भएको छ । मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ, ‘आज बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने -जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए।’
वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपतकालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् ।
यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताउँनु भएको छ । यद्यपि ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पुर्याकइएको भने छैन ।
उनले घटनास्थलमा आपतकालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताए । यसैगरी आफ्नो टेलिग्राम च्यानल पोस्टमा मस्कोका मेयरले ‘नगरपालिका चिकित्सा सेवाहरूबाट प्राप्त जानकारी अनुसार मानवरहित हवाईयानद्वारा क्षतिग्रस्त भवनहरूका बासिन्दाहरू मध्ये कुनै पनि गम्भीर घाइते भएको उल्लेख छ ।