काठमाडौं – ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाका संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।


ADVERTISEMENT


निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले सो कोषको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने उनले घोषणा गरेका हुन् । संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेको भट्टराईले जनाएका छन् । जिल्लामा गीत संगीत क्षेत्रको विकासका लागि स्थापना गरिएको यो नै पहिलो कोष हो ।
त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष पनि उनले घोषणा गरेका छन् ।

जिल्ला स्थित पत्रकारसँग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत् पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कोषको स्थापना गरिएको उनले जानकारी दिए ।

पत्रकारितालाई व्यवसायिक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण रहेको अनुभूति सुनाउँदै उनले कोष स्थापनाको औचित्य प्रष्ट्याए । कोषमा क्रमशः रकम बृद्धि गर्दै लग्ने उनको योजना छ ।

धन्यवाद दिन आयोजना गरिएको कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने दोहोर्याए । ताप्लेजुङ जिल्लामा विकासका हजारौं संभावना रहेको औंल्याउदै अब आफूले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।