काठमाडौँ— चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदै छ । बिहान ११ बजे प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ ।


ADVERTISEMENT


त्यसअघि दाहालले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ । केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने छन् ।


ADVERTISEMENT

# # #


दाहालले ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साढे ४ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ साढे ५ बजे नेपाल, भारत दुवै देशका उद्योगी तथा व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।