काठमाडौँ– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले डिल्लीबजारस्थित केन्द्रिय कार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


कम्पनीका सिईओ लीलामणि न्यौपानको नेतृत्वमा आयोजित उक्त समारोहमा सिईओ न्यौपानेसहित झण्डै ३५ जनाले रक्तदान गरेका छन् । मेट्रो काठमाडौँ अस्पतालको सहकार्य समेत रहेको सो कार्यक्रमपूर्व अस्पतालका स्वास्थ्यकर्मीलेरक्तदात्तालाई रक्तदान गर्न मिल्ने अवस्था र यसका फाइदाहरुबारे ज्ञात गराएका थिए ।


ADVERTISEMENT

# # #


रक्तदानपछि प्रमाणपत्रसमेत वितरण गरेको जानकारी दिदैँ संस्थाका एचआर प्रमुख दुर्गा रानाले उक्त प्रमाणपत्रबाट रक्तदात्तालाई आवश्यक परेमा रगत आपूर्तिमा समेत सहजीकरण हुने बताए ।

 

कम्पनीले सामाजिक दायित्वअन्र्तगत समय–समयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने एचआर प्रमुख रानाको भनाई छ । कम्पनीले स्थापना कालदेखि नै सर्वसुलभ वित्तिय सेवा प्रदान गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि विशेषगरी निम्न तथा मध्यवर्गलाई लक्षित गरी सेवा प्रवाह गर्ने योजना रहेको सुनाए ।

१३ शाखामार्फत विभिन्न जिल्लामा सेवा प्रदान गर्दै आएको श्री इन्भेष्टमेन्टले झण्डै ३५ हजार सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।