काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता र छलफलमा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका हुन् ।
उनले भने, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिन चाहन्छु । उहाँलाई चाँडै नेपालमा स्वागत गर्न म आतुर छु ।’ यस्तै प्रधानमन्त्री प्रचण्डले सीमा समस्याहरुकाबारे द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेको बताए । उनले भारतीयसंग निकै महत्वपूर्ण सहमति भएको भन्दै यसले मुलुकको विकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले दुईदेशबीच नयाँ हवाई रुटका बारेमा सकारात्मक छलफल भएको जानकारी दिए ।
बिहीबार नै प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गनरेका थिए । प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सम्पन्न गरेर जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।