काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगका सीमा विवाद लगायतका मुद्दाको समाधान खोज्ने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोसँग बिहीबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय छलफलमा बोल्दै मोदीले उक्त दाबी गरेका हुन् ।


ADVERTISEMENT


दुईदेशीय सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहने भन्दै सीमा लगायत अन्य समस्याको समाधान खोज्ने जिकिर गरे । उनले भने, ‘हामी आफ्नो सम्बन्धको हिमालयजति उच्च् बनाउनका लागि काम गर्नेछौँ । यही भावनामा हामी सबै मुद्दाको, चाहे सीमा मुद्दाको होस् वा अन्य विषय, सबैको समाधान गर्नेछौँ ।’


ADVERTISEMENT

# # #


नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका विभिन्न ठाउँमा सीमा विवाद रहेको छ । त्यसका लागि नेपालले समाधान खोज्ने प्रयास गर्दा पनि भारत भने आनाकानी गर्दै आएको छ । तर, यसपटक भने भारतले सीमान विवादमा समाधान खोज्ने जिकिर गरेको हो ।

यस्तै मोदीले नेपाल–भारतबीच ऊर्जामा सम्बन्धमा दीर्घकालीन सम्झौता भएको भन्दै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरे ।