काठमाडौँ – नेपाल विद्यार्थी संघले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


संविधानमा भएको कार्यान्वयन गरेर नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेविसंघले राष्ट्रपति रामचन्दै पौडेलेको पक्षमा बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले अनागरिकलाई नागरिक बनाएकोमा धन्यवाद, नागरिकता समस्या समाधानका लागि धन्यवाद, संविधानले गरेको व्यवस्थालाई कसैको आदेशमा रोक्न र खोस्न सकिदैन लगाएतका प्लेकार्ड देखाएका थिए ।


ADVERTISEMENT

# # #


नागरिकता प्राप्तीको बाटो खुल्ला भएसंगै मधेशका नागरिकलाई पढ्न, खाता खोल्न सहज हुने र मधेश प्रदेशका बासिन्दाले उन्नती प्रगति गर्ने उनीहरुले बताएका छन् ।