काठमाडौँ– कलाकारद्वय पल शाह र मिस पबीको म्युजिक भिडियो सार्वजनिक भएको छ । यी दुई अभिनित भिडियो बिहिवार ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


सान थापाको निर्देशन रहेको ‘थाहै भएन’ बोलको यो गीतमा हिमाल सागर र अनु चौधरीले स्वर दिएका छन् । विदुर सिग्देल निर्माता रहेको भिडियोमा कोरियोग्राफी भने राजीव समरको रहेको छ ।


ADVERTISEMENT

# # #


टिका बमजङकै शब्द र संगीत रहेको सो गीतले रिलिजको २४ घन्टा नबित्दै साढे ६ लाखभन्दा बढी भ्युज पाएको छ भने कारागारबाट बाहिरिएपछिको यो कलाकार शाहको चौथो म्यूजिक भिडियो हो ।