• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

Jun 3, 2023 |

मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

1.2k
SHARES
ShareTweet

काठमाडाैँ– बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताएका छन् । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताए ।


ADVERTISEMENT


उनले भने, “मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा गर्ने होईन ।” आफूले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कम गरिरहेको उनको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारसँगै सेवामा समेत सुधार आवश्यक रहेको उनले बताए।


ADVERTISEMENT

# # #


प्रदेश स्वास्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पताललाई १० प्रतिशत निःशुल्क श्यया उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उनले बताए । उनले भने, “प्रदेशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ ।यो कार्यान्वयनमा आउँछ ।”

कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिने उनले जानकारी दिए । प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल श्ययाको १० प्रतिशत श्यया छुटाई निःशुल्क उपचार अनिवार्यरुपमा गराउन लागिपरेको उनले बताए ।

प्रदेश सरकार जनताका पक्षमा छ भन्ने आभास हुने गरी काम गर्न लागिएको बताउँदै उनले सरकार हरेक नागरिकका पक्षमा रहने बताए । ज्येष्ठ नागरिकप्रति सरकार सधैँ सकारात्मक भएको भन्दै उनले ज्येष्ठ नागरिकबाट अहिले पुस्तान्तरणका कार्य हुन जरुरी रहेको बताए। उनले भने, “पुस्तान्तरणले हाम्रो धर्म संस्कृति संरक्षण गर्ने भएकाले यसको पक्षमा सरकार हुनेछ ।”

कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीप्रसाद तिमिल्सिना, राम जानकी आश्रमका महासचिव रामेश्वर खनाल, सङ्घका अध्यक्ष केदारनाथ तिमिल्सिना र उपाध्यक्ष माधव घिमिरेले ज्येष्ठ नागरिकका समस्याका बारेमा बोलेका थिए ।


#
#

#









#




#


#


Share:

Rate:

Previousप्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै
Nextओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाको मृत्यु , उद्धार कार्य जारी

ताजा खबर

  • इ-रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
  • पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
  • निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
  • प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
  • ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved