काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल–भारत अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ ।


ADVERTISEMENT


नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले गरेको सो अध्ययन राष्ट्र बैंकमा एक कार्यक्रमबीच इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले अन्तरदेशीय डिजिटल कारोबारले भारतबाट नेपाल आउने पर्यटकलाई थप सहज वातावरण सृजना गर्ने डिजिटल कारोबारसम्बन्धी अध्ययन गरेकोमा इमानलाई धन्यवाद ज्ञापन गरेका थिए ।

“विशेषगरी भारतबाट नेपाल आउने पर्यटकहरूलाई पेमेन्टको समस्या छ । अझ नेपालबाट भारत जाने विद्यार्थी र तीर्थ यात्रुहरूलाई अफ्ठ्यारो पर्ने गर्दथ्यो’, गभर्नर अधिकारीले भने, “अब अन्तरदेशीय डिजिटल कारोबारले गर्दा पेमेन्टमा थप सहयोग पुग्नेछ । यसका लागि हामी थप होमवर्क गर्दैछौँ । यसमा इमानले गरेको अध्ययन प्रतिवेदन हाम्रा लागि सहयोगी हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

यस्तै इमानले सो प्रतिवेदन नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीलाईसमेत आज हस्तान्तरण गरेको छ । इमानको प्रतिवेदन बुझ्दै अध्यक्ष केसीले महत्त्वपूर्ण अध्ययनका लागि धन्यवाद व्यक्त गरे । इमानको टोलीले दुई साताअघि भारतको नयाँदिल्ली र विभिन्न स्थानमा पुगी अध्ययन गरेको थियो । रासस