• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




यात्रीले फालेको फोहरका कारण विपी राजमार्ग दुर्गन्धित

Jun 6, 2023 |

यात्रीले फालेको फोहरका कारण विपी राजमार्ग दुर्गन्धित

683
SHARES
ShareTweet

काठमाडाैँ– राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको होटल पसलहरूले जथाभावी फोहर फाल्ने गरेका कारण विपी राजमार्गमा दैनिकजसो दुर्गन्ध बढ्दै गएको छ ।


ADVERTISEMENT


सार्वजनिक सवारीसधान तथा निजी सवारीसधान प्रयोग गरी यहाँका राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले प्रयोग गर्ने पानी र जुस प्याक गर्न बनेको प्लास्टिकका बोतल, प्लास्टिक झोला र अन्य प्लास्टिकजन्य वस्तुहरू जथाभावी फाल्ने गरेका कारण सडक नाली र सडक छेउछाउमा निकै फोहर बढेको हो ।


ADVERTISEMENT

# # #


त्यसरी सडक आसपासका क्षेत्रमा फोहर बढ्न थालेपछि सो राजमार्गले छोएका नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडक क्षेत्रमा सरसफाइ अभियान थालेको छ । नगरपालिकाको दोस्रो कार्यकालको नयाँ नेतृत्व आएपछि राजमार्ग क्षेत्रलाई सरसफाइ गर्ने, सवारी चालकहरूलाई जथाभावी फोहर नफाल्न सचेत गराउने र होटल तथा पसल सञ्चालकहरूलाई समेत फोहर व्यवस्थित गर्न जनचेनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

यसैबीच, विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाइका क्रममा नगरप्रमुख कुन्साङ लामा र उपप्रमुख रत्नबहादुर लामाको नेतृत्वमा सो क्षेत्रमा सञ्चालित होटल, पसलका साथै निजी तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहर फालेको भेटिएपछि सचेत गराएको छ । उनीहरूलाई फोहोर नफाली सभ्य नागरिकको परिचय दिन र वातावरण सफा बनाउने काममा सहयोग गर्नसमेत आग्रह गरेको छ ।

फोहर गर्ने राजमार्गका होटल/पसललाई कारबाही गरिने

यसैबीच, नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सडकमा फोहर फालेमा कारबाही थालिने जनाएको छ । ‘सडकमा यात्रारत यात्रुहरू तथा सवारीचालक तथा सहचालकहरू कसैले पनि प्लास्टिक र फोहरजन्य वस्तु नफाल्न थप सचेत गराउन चाहन्छौँ’, नगरप्रमुख लामाले भने, ‘पटक पटक गरेको आग्रहलाई बेवास्ता गर्दै दैनिकरूपमा फोहर फालेर दुर्गन्ध बढाउने गरेको पाइएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुनेछौँ ।’

नगरपालिकाले सुरु–सुरुमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरी सवारी साधनहरूमा फोहर फाल्ने भाँडोको प्रयोग गर्न आग्रह गर्दै यात्रुहरूलाई त्यसको प्रयोगका लागि आग्रह गर्दै आएको थियो । अब पटक पटकको आग्रह र सचेतना अभियानमार्फत सतर्कता गराउँदा पनि वेवास्ता गर्नेहरूलाई कारबाही नै गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले प्रहरीसँगको सहकार्यमा यसअघि नै राजमार्ग प्रयोग गर्दा फोहरजन्य सामग्री फालेको पाएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुने वातावरण अधिकृत सन्तोष काफ्लेले बताए ।

नगरपालिकाले आफ्नो नगरभित्रको क्षेत्रमा पर्ने राजमार्ग र नालीसहितको आसपासका क्षेत्रमा बेलाबेलामा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । यसै अनुरुप नगरले दोस्रो पटक नगर प्रवक्ता टीकाबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडाअध्यक्षहरू रमेश तिवारी, अर्जुन कार्की, धर्म सिं लामासहितका जनप्रतिनिधि, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारी सहितको टोलीले सवारी चालक, यात्रु र होटल सञ्चालकहरूलाई सचेत गराउँदै सडक क्षेत्रको विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका फोहरहरू सङ्कलन र व्यवस्थापन गरेको छ ।

सो क्रममा नगरपालिकाले सवारी साधनका चालक र यात्रुलाई फोहर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । सडकमा आवतजावत गर्नेहरूको बेवास्तामा जथाभावी फोहर फाल्ने गरेका कारण विपी राजमार्ग खण्डका सडकहरू आसपासमा फोहर बढ्दै गएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousकटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा सुरु
Nextगर्मी बढेपछि पाँचदिन विद्यालय बन्द

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved