काठमाडाैँ– विश्व वातावरण दिवसको अवस पारेर ‘जलवायु न्यायका लागि अभियान’ सुरु गरिएको छ । एक्सनएड इन्टरनेशनल नेपालले सो संस्थाको ४०औँ वार्षिक उत्सवको अवसर पारेर उक्त अभियानको सुरु गरेको हो । यस अभियानका कार्यक्रम आजदेखि सुरु भई जुन १० मा सम्पन्न हुने एक्सनएड इन्टरनेशनल नेपालका सञ्चार प्रबन्धक उमा थापाले जानकारी दिए ।
उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा जलवायु सचेतना कार्यशाला, मानव साङ्लो, पदयात्रा गर्नुको साथै जलवायु र यसले स्वास्थ्यमा पार्ने असरका विषयमा अन्तरक्रियाको आयोजना गरिनेछ । जलवायु परिवर्तनले गरिरहेको असरको अध्ययन गरी यस क्षेत्रमा नेपालको उपस्थितिलाई उच्च बनाउने एक्सन एडको उद्देश्य रहेको छ ।
सरोकार राख्ने राष्ट्रिय र अन्तरराष्ट्रिय सञ्जाल, यस अभियानमा सङ्गठित भई जलवायुसम्बन्धी बुझाइ र सिकाइबुझाइ र परिचालनका साथै समाधानका उपायलाई पनि अगाडि प्रस्तुत गर्दै लगिने आयोजकले जनाएको छ ।
जलवायुका कारण विश्वमा नै विषम परिस्थिति सिर्जना भएको जलवायुको बारेमा जागरुक हुन र अरुलाई जलवायु न्यायको अभियानमा जोड्न र विभिन्न मञ्च सिर्जना गर्न नेतृत्व गर्न र त्यस्ता मञ्चमा संलग्न हुने एक्सनएड एडको लक्ष्य रहेको सञ्चार प्रबन्धक थापाले बताए ।
उनले भने, ‘जलवायु न्याय, जलवायु वित्त, कार्बन उत्सर्जन न्यूनीकरण र अनुकूलनक विकल्पहरु प्रस्ताव अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत पु¥याउन पहल गर्ने एक्सनएडको तयारी छ ।’ जलवायु न्यायको माग गर्दै विभिन्न एजेन्सीहरुसँग काम गरेको एक्सनएडले महिला, बालबालिका तथा युवा वर्गमा काम गर्दै आएको उनको भनाइ छ ।
साथै एक्सनएडले जलवायु परिवर्तनले निम्त्याएको प्रकोपको बढ्दो जोखिमका कारण जलवायु परिवर्तन अनुकूलन, न्यूनीकरण, हानी तथा नोक्सानी सहयोग जस्ता कदममा काम पनि चालिरहेको बताइएको छ ।