काठमाडौँ— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार चार खेल हुँदै छन् ।


ADVERTISEMENT


चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार, खुमलटार र एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा सातदोबाटो  र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र थ्रीस्टारको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । खुमलटार र एपीएफ क्लबबीचको खेल च्यासल मैदानमा दिउँ ३ बजे हुनेछ ।


ADVERTISEMENT

# # #


त्रिभुवन आर्मी र नेपाल पुलिसले दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा खेल्ने छन् । सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीचको खेल दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।