काठमाडौँ– बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा साढे बजेदेखि सुरु हुने भएको छ । प्रतीपक्षी दलले अवरोध गर्ने भएपछि सुरु हुन नसकेको मंगलबारको बैठक साढे १ बजेदेखि सुरु हुने भएको हो ।
करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै प्रतीपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गर्ने भएपछि बैठकमा ढिलाई भएको थियो ।
सम्बन्धित विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेपछि बैठक छलफलको सहमति भएको बताइएको छ । आजको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची छ ।