तुलसीपुर– लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।


ADVERTISEMENT


प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।


ADVERTISEMENT

# # #


लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । रासस