काठमाडौँ – नेशनल हार्ट फाउण्डेसनले ललितपुरको महालक्ष्मी नगरपालिकाको त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्स सहयोग गरेको छ । सोमबार त्रिपिङ्गेश्वर महादेव मन्दिरको शिलान्यासको अवसरमा फाउण्डेसनले त्रिपिंगेश्वर सामाजिक संस्थाका अध्यक्ष हिराबहादर पौडेललाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्सको आवश्यकता देखिएकाले सहयोग गरिएको फाउण्डेसनका अध्यक्ष डा. शिजवी सिलवालले बताए । संस्थाले उक्त एम्बुलेन्स महालक्ष्मी नगरपालिकाको वडा नं. ९ लाई प्राथमिकतामा राख्दै आवश्यकताका आधारमा नगरपालिकाभरि चलाउने उनले बताए ।


ADVERTISEMENT

# # #


एम्बुलेन्स हस्तान्तरण कार्यक्रमा महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जन लगायतको समेत उपस्थिति रहेको थियो । फाउण्डेसनले विभिन्न मुटु जाँचसम्बन्धी शिविरहरु आयोजना गर्दै आएको छ । यस्तै हृदयघातसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको फाउण्डेसनले पोषणसम्बन्धी परामर्श पनि प्रदान गर्दै आएको छ ।

आगामी दिनमा पनि फाउण्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्ने अध्यक्ष सिलवालले बताए ।