• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो

Jun 7, 2023 |

नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो

881
SHARES
ShareTweet

सिन्धुली- सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेको गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले आज फेला पारेको छ ।


ADVERTISEMENT


एक जना भने अझै बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन ।


ADVERTISEMENT

# # #


उक्त शव तनहुँ जिल्लाको भानु नगरपालिका–९ बस्ने सिटिइभिटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत् प्रशिक्षक भानु पौडेलको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका–७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता रहेका छन् ।

सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामङ्गल काठमाडौँ र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो ।

प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्डअन्तर्गत सो ठाउँबाट सुनकोशी नदीमा खसेको थियो । दुर्घटनापश्चात् गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।


#
#

#









#




#


#


Share:

Rate:

Previousप्रतिनिधि सभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने
Nextगाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

ताजा खबर

  • इ-रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
  • पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
  • निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
  • प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
  • ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved