• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




‘राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएका छन्’

Jun 7, 2023 |

‘राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएका छन्’

673
SHARES
ShareTweet

काठमाडाैँ– राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोराले बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।


ADVERTISEMENT


सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताए । प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ति प्रकट गरे ।


ADVERTISEMENT

# # #


सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरे ।

सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा सङ्घीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे । सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनता बीचमा नराम्रो सन्देश दिएको बताए ।

सांसद भुवनबहादुर सुनाले भूमिहन, दलित सुकुम्बासीलाई आगामी आर्थिक बर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानकर्षण गराए । सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।

सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारवाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रियसभामा त्यस्तो हुन नहुने बताए ।


#
#

#









#




#


#


Share:

Rate:

Previousमन्त्रिपरिषद्को निर्णय विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेस गर्ने
Nextसरकारको अनुरोधमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु स्वभाविक : प्रधानमन्त्री प्रचण्ड

ताजा खबर

  • प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
  • प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित
  • सगरमाथा संवादको तयारी अन्तिम चरणमा
  • ‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’ : बर्तौला
  • सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved