काठमाडौँ– नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन् ।
प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्ट्रेलिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालहरुको समस्या समाधान भएको प्रति उनीहरु उत्साहित भएको बताएका हुन् ।
उनले अष्टे«लियामा नेपालबाट नेपाली विमान सिधै जानका लागि पहल भइरहेको जानकारी पाएको उल्लेख गरे । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफु बाहिर रहदा पनि प्रधानमन्त्री र नेताहरुसंग कुराकानी गरेको अब यस विषयमा थप छलफल गर्ने उनले जानकारी दिए ।
त्यस्तै उनले बजेटका बिषयमा आएका चर्चाका विषयमा आफु जानकार रहेको भन्दै यस बिषयमा पनि प्रधानमन्त्रीसंग छलफल गर्ने जानकारी दिए ।
सगरमाथाको आरोहणको ७० औं बर्षदिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन् ।