काठमाडौँ – आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र अष्ट्रेलिया आजदेखि भिड्दैछन् । बेलायतको लण्डनस्थित द ओभल मैदानमा सुरु भएको खेलको पहिलो दिनमा अष्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT


टेस्ट क्रिकेटको विश्वकपका रुपमा समेत चिनिने विश्व टेस्ट च्याम्पियनसिपको दोस्रो संस्करण सन् २०२१ देखि सुरु भएको हो । जस अनुसार समूह चरणमा अष्ट्रेलियाले १९ खेलमध्ये ११ जित, ३ हार र ५ बराहरीसहित १५२ अंकका साथ समूह विजेता बन्दै फाइनल पुगेको थियो भने भारतले १८ खेलमध्ये १० जित ५ हार र ३ बराबरी खेल्दै १२७ अंकका साथ समूह उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको थियो ।


ADVERTISEMENT

# # #


आजदेखि सुरु भएको फाइनल आइतबार सकिनेछ । विजेता टोलीले ट्रफीसहित १६ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ ।

च्याम्पियनसिपमा भारत, अष्ट्रेलिया, इंगल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, वेष्ट इण्डिज र श्रीलङ्का गरी ९ राष्ट्रले प्रतिस्पर्र्धा थिए । होम एण्डठ अवे फर्म्याटमा भएको च्याम्पियनसिपमा प्रत्येक टोलीले अन्य ८ मध्ये ६ टोलीसँग ६ सिरिज (एक सिरिजमा कम्तीमा २ वा ५ खेल) खेलेका थिए ।

यसअघि सन् २०१९ देखि २०२१ सम्मको संस्करणमा न्यूजिल्याण्डले उपाधि जितेको थियो । न्यूजिल्याण्डले फाइनलमा भारतलाई हराएको थियो । भारत टेस्ट च्याम्पियनसिपका लगातार दुई संस्करणमा फाइनलमा पुगेको हो ।