काठमाडौं – ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (रु १००० सम्म)क्यासब्याक पाउने भएका छन् ।


ADVERTISEMENT


उक्त अफर वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।