विराटनगर— कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।


ADVERTISEMENT


कोशी प्रदेश नाम भएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न १५ जेठमा मुुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग आन्दोलनलाई हिंसात्मक नबनाउन र समस्या समाधान गर्नका लागि वार्तामा आउन आह्वान गरेका थिए ।


ADVERTISEMENT

# # #


विभिन्न राजनीतिक दलका साथै प्रदेश सभाको बैठकको शून्य समय तथा विशेष समयमा पनि वार्ता टोली गठनका विषयमा चर्चा हुँदै आएको थियो ।

प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न बुधबार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो । उक्त टोलीको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला रहेका मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । रासस