काठमाडौं– प्रधानन्याधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ आदेश जारी गरेको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई अदालतको मानहानी गरेको जनाउँदै पक्राउ आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


प्रध्यापक डा. केसीले प्रधानन्याधीश पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार अपरान्ह ४ बजेदेखि चौधौ अनसन सुरु गरेका थिए । प्रध्यापक केसीले चार वर्षअघि त्रिविले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा.शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले पुनर्वहालीको आदेश दिएलगत्तै त्यसको चर्को विरोध गर्दै आएका छन् ।

प्रधानन्यायाधीश पराजुली र न्यायाधीश कार्कीको सो आदेशको विरोधमा डा.केसीले चौधौ अनसन घोषणा गरेको जनाएका छन् ।