काठमाडौं-बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ ।


ADVERTISEMENT


एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँ मात्र चुक्ता गरेको छ ।


ADVERTISEMENT

# # #


अझै उसले १९ करोड ७० लाख तिर्न बाँकी छ ।-आजको नागरिक दैनिकबाट