काठमाडौँ – प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत आइतबार सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल भएको छ ।


ADVERTISEMENT


आइतबार बसेको बैठकमा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि केही सांसदहरुले खर्च कटौतिको प्रस्ताव समेत राखेका थिए । बैठकमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद कृष्णगोपाल श्रेष्ठले एमाले नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रमा सुरु गरेको कामलाई वर्तमान बजेटले उपेक्षा गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले यस वर्ष स्वास्थ्य क्षेत्रमा निकै कम बजेट बिनियोजन गरेको भन्दै आमनागरिकको स्वास्थ्य सेवाको अधिकारलाई स्थापीत गर्न समस्या हुने जिकिर गरे । त्यस्तै सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा चालु खर्च घटाउन खोज्नु उचित नभएको बताइन् । उनले स्वास्थ्य बिमा कार्यक्रममा २५ प्रतिशत जनतामात्र सहभागी भएको भन्दै यसलाई सुधार गर्न अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रेम सुवालले मुलुकमा मेडिकल पर्यटन भित्राउनका राज्यले ढिलाई गर्न नहुने बताए । स्वास्थ्य उपचारमा रोक्नु भनेको मानवता विरोधी अपराध भएकाले सवै नागरिकले सहज रुपमा स्वास्थ्योपचार गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै सांसद रामहरि खतिवडाले २०६४ सालपछि उपचारका लागि राज्यबाट सहयोग लिनेको सूची सार्वजनिक गरिनुपर्ने बताए । त्यस्तै अन्य सांसदहरुले स्वास्थ्य प्रणाली राम्रो बन्न नसकेको नसकेका कारण अझै पनि जनताहरु सहज रुपमा स्वास्थ्य सेवा लिनबाट बञ्चित भएको बताएका थिए ।