काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।
सोमबार बिहान ८ बजेदेखि रास्वपाको मुख्य कार्यालयमा बसेको बेठक हालसम्म चालु रहेको हो ।
बैठक पार्टीको स्थापना दिवस तयारीका लागि बसेको बताइएको छ । साथै आजको बैठकमा पार्टीले तयार पार्न लागेको राजनीतिक दस्तावेजमाथि पनि छलफल हुने बताइएको छ।
गतवर्ष स्थापना भएको मुलुककै तेस्रो ठूलो दल रास्वपाले ७ असारमा आफ्नो पहिलो स्थापना दिवस मनाउँदैछ ।