काठमाडौँ– आफुमाथि आक्रमण गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्व विरोधमा उत्रिएका बित्रि उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।
आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णयपछि सोमबार विरोधमा उत्रिएका चलाउने जिल्ला अदालत, काठमाडौँ परिसरबाट पक्राउ परेका हुन् ।
आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको भन्दै उनले अदालतभित्र नाराजुलुस गरेका थिए । अदालत परिसरमा होहल्ला र नाराजुलुसका कारण उनीसंगै अन्य केहीलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेले नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाले ०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आफूमाथि
आक्रमण गरेको भन्दै उनीहरुविरुद्व मुद्दा दायर गरेका थिए ।
सरकारले तिनै आरोपितको मुद्दा फिर्ता लिने निर्णय गरेपछि आवेशमा आएका चलाउने विरोध जनाउँदै अदालतमा पुगेका थिए ।