काठमाडौँ– भारतीय चलचित्र आदिपुरुषको शो नेपालभरि रोकिएको छ । नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशैभरि आदिपुरुषको प्रदर्शन देशैभरि रोकिएको हो ।


ADVERTISEMENT


कम्पनीका निर्देशक मनोज राठीले काठमाडौँ महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेपछि फिल्म उतार्ने निर्णय गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना एउटा महानगर प्रमुख बालेन साहको एक स्टाटसको भरमै फिल्म रोकेको भन्दै सोप्रति राठी असन्तुष्टि भएका छन् । साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएको उनको गुनासो छ ।

रामायणमा आधारित चलचित्रमा विवास्पद संवाद भएको भन्दै मेयर बालेनले सो संवाद नेपालमा मात्रै नभई भारतमा समेत सच्याउनुपर्ने बताएका थिए । तीन दिनको समयसीमा दिइएकोमा हालसम्म भारतमा पनि सच्याइएको नपाएका कारण उनले आजदेखि महानगर क्षेत्रभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए ।

यसका लागि नगर प्रहरीले आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन समेत दिएका थिए ।