काठमाडौं – सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने गरेकोमा हिजो सार्वजनिक बिदा परेकाले आज बसेको हो ।


ADVERTISEMENT


आजको बैठकको एजेण्डा प्रदेश प्रमुखको नियुक्ति हुने बताइएको छ । बैठकले मन्त्रालयगत एजेण्डामा समेत छलफल गर्नेछ ।


ADVERTISEMENT

# # #


दलीय सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्तिको गृहकार्यमा जुटेको सरकार वाम गठबन्धन आबद्ध दलले सहमति नदिएपछि प्रमुख तोक्ने तयारीमा जुटेको हो । आफ्नै ढंगले प्रदेश प्रमुख तोक्न सरकार लागेकाले यसलाई चासोका साथ हेरिएको छ ।

संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले अझैसम्म परिणाम बुझाउन पाएको छैन ।

सम्भवतः मन्त्रिपरिषद्कोे आजैको बैठकले प्रदेश कार्यालय सम्पर्क कार्यालय खोल्ने निर्णय गर्नेछ । अस्थायी राजधानीको प्रस्ताव चुहिएसँगै विवाद बढेपछि सरकारले प्रदेशका अत्यावश्यक काम–कार्बाही सञ्चालनका लागि अस्थायी कार्यालय खोल्न लागेको हो