काठमाडौं– एमाले–मओवादी संयुक्त कार्यदलको बैठक आज बस्ने भएको छ ।


ADVERTISEMENT


बैठक एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा बस्ने नेताहरुले बताएका छन् । बैठकले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउने छ ।


ADVERTISEMENT

# # #


कार्यदलले बनाएको साझा अवधारण पार्टी एकता संयोजन समितिलाई बुझाउने कार्यदेश पाएको छ । माओवादी नेता तथा कार्यदल सदस्य मात्रिका यादवले कार्यदलले पाएको कार्यदेश अनुसार गृहकार्य सुरु गर्ने बताए ।

यसअघि गत २६ गते एमाले माओवादी शीर्ष नेताको उपस्थितिमा एमाले अध्यक्ष केपी अ‍ोली निवास बालकोटमा कार्यदलको पहिलो बैठक बसेको थियो । उक्त बैठकले तत्काल काम सुरु गर्ने निर्णय गरेको थियो ।

कार्यदलले छिटो काम सुरु गरेर रिपोर्ट पेश गर्ने तथा रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भए कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटिमा जाने पहिलो बैठकले निर्णय गरेको थियो ।

कार्यदलमा माओवादीबाट रामबहादुर थापा ‘बादल’ वर्षमान पुन, मात्रिका यादव तथा एमालेबाट सुवास नेम्वाङ, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे रहेका छन् ।