लमजुङ– त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा बमबहादुर अधिकारीद्वारा लिखित पाँच वटा पुस्तकको एकैसाथ आज यहाँ विमोचन गरिएको छ ।


ADVERTISEMENT


विमोचित पुस्तकमा “आधुनिक चीन र जापानको इतिहास,” “आधुनिक युरोपको इतिहास,” “आधुनिक नेपालको इतिहास,” “बाइसी तथा चौविसी राज्यको संक्षिप्त इतिहास” र “लमजुङको पर्यटन इतिहास” रहेका छन् ।


ADVERTISEMENT

# # #


अधिकारी समाज लमजुङद्वारा आयोजित एक कार्यक्रममा प्राचार्य डा राजाराम सुवेदी, अधिकारी समाज लमजुङका अध्यक्ष रणबहादुर अधिकारी, पद्मकन्या क्याम्पस इतिहास शिक्षण समितिका अध्यक्ष खेमराज पोख्रेल, नेपाली काँग्रेस लमजुङका पूर्व सभापति कृष्ण कोइराला र प्राध्यापक अङ्गराज घिमिरेले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे ।

सो अवसरमा डा सुवेदीले अधिकारीद्वारा प्रकाशित कृति सबै तहका विद्यार्थी, शिक्षक, नागरिक, कर्मचारी, राजनीतिक नेता तथा कार्यकर्ता, समाजसेवी एवम् जिज्ञासुलाई ज्ञानवद्र्धक हुने धारणा व्यक्त गरे ।

पद्यमकन्या बहुमुखी क्याम्पसका इतिहास विषयमा अध्यापन गराउँदै आएका डा अधिकारीले विभिन्न समयमा गरेका अध्ययन र भ्रमणपछि यी पुस्तक लेखेका हुन्। उनले पुस्तकमा सम्बन्धित देशका ऐतिहासिक, राजनीतिक, प्रशासनिक तथा पर्यटकीय विषय बस्तुमा जोड दिएका छन् ।