काठमाडौँ – एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुन प्रकरणलाई टुंगोमा पुरयाउन माग गर्दै काठमाडौंमा टर्चलाईट जुलुस निकालेको छ ।


ADVERTISEMENT


क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि सरकारले आखा चिम्लिएकाले टर्च लाईट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुले प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुश नयाँवानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।