काठमाडौँ – प्रधान्यायाधीशको नाम सिफारिस गर्नका लागि सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिसिधभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षन केपी शर्माओली र प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना सहभागी छन् ।
यसअघि बंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका नाम सिफारिस गर्न सकेको थिएन । प्रधानन्यायाधीश कार्की यही साउन २० देखि अवकाशमा जाँदैछन् । संविधानको धारा २८४ को उपधारा ३ अनुसार प्रधानन्याधीशको पद रिक्त हुनुभन्दा एक महिना अगावै प्रधानन्याधीशमा नियुक्तिका लागि नाम सिफारिस गरिसक्नुपर्ने व्यवस्था छ । तर, पद रिक्त हुनु २ दिन अघिसम्म पनि नाम सिफारिस हुन सकेको छैन ।
नेपालको संविधान अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य मानिन्छ । प्रधानन्यायाधीश कार्कीसँगै सर्वोच्चका ७ जना न्यायाधीशको पद समेत रिक्त हुँदैछ ।