काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल), नेपाल मेडिकल कलेज (जोरपाटी) र शङ्करापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले आज स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमन गरेको थियो । सोही अवसरमा मन्त्री बस्नेतले त्यहाँस्थित पोस्ट अपरेटिभ वार्ड, शल्यचिकित्सा वार्ड, रक्तसञ्चार युनिट, मेडिकल वार्ड, नाक, कान, घाँटी वार्ड, मनोचिकित्सा वार्ड र प्रशासन विभागलगायत सबै ठाउँमा अनुगमन गरेका थिए ।

सो अवसरमा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भए/नभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्था भए/नभएकोलगायतका विषयमा व्यवस्थापनसँग जानकारी लिएका थिए ।

उनले अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिए । उनले भने, “अहिले हामीले धेरै कुराभन्दा पनि अस्पताल मापदण्डअनुसार छन् कि छैनन्, विपन्नका निम्ति उपचारमा छुट भए/नभएकोबारे बुझन खोजिएको हो ।” मन्त्रायले यसअघि एक सय एक फार्मेसीमा अनुगमन गर्दा एक सय वटा फार्मेसी मापदण्डविपरीत भएको भेट्टाएको थियो । रासस