काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाईनमा भएको समस्याका कारण काठमाडौँ उपत्यकाको विद्युत प्रवाहमा समस्या भएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले वर्षात्का कारण्ण र रुखका हाँगा बढ्दै जाँदा प्रशारण लाइनमा समस्या आएकाले विद्युत जाने समस्य भइरहेको बताए । उनले भने, ‘हामीलाई सबै रुखहरु काट्ने सहमति हुँदैन । नजिकका रुखहरुको हाँगा काट्ने हो । त्यो एउटा समस्या हो । अर्को पिकको समयमा सिस्टम भोल्टेजमा समस्या हुन्छ । त्स्तो भए पनि बिजुली जाने हुन्छ ।


ADVERTISEMENT

# # #


यस्तै कहिलेकाही प्रशारण लाइनको भारवाहन क्षमता भन्दा बढी बिजुली जाँदा पनि समस्या आइरहेको उनले जानकारी दिए । यद्दपि उनले समस्या समाधानको प्रयास भइरहेको उनले बताए । प्राधिकरणले धेरै नयाँ प्रशारण लाइन बनाइरहेकाले निर्माण सम्पन्न भएपछि त्यो समस्या कम हुँदै जाने उनको भनाई छ ।

काठमाडौँ उपत्यकामा मात्रै प्राधिकरणले ५०–६० अर्बको लगानीमा सिस्टमलाई सुधार गर्ने मोडालिटी अनुसार काम सुरु गरिएको कुलमानले बताए । अन्य १३ सहरमा पनि उक्त काम चाँडै सुरु गरिने उनले जानकारी दिए ।