काठमाडौँ– अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर रष्जिष्टारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । हाइड्रोपावरले आपु्नो शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम गर्ने एनआईशी एशियालाई जिम्मेवारी सुम्पिदै शुक्रवार यी दुई संस्थाबीच दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।


ADVERTISEMENT


कम्पनीले सूचना जारी गर्दै साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धीका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटललाई जिम्मेवारी दिईएको बताएको हो ।


ADVERTISEMENT

# # #


यससंगै हाइड्रोका उक्त सेवाहरु भाद्र ३ गतदेखि एन आई सी एशिया क्यापिटल लिमिटेडको थापाथली शाखाबाट प्रवाह ह्ुने भएको छ ।