सिरहा— स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले सिरहाको माडरस्थित कालीचौकबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१७ माडरस्थित कालीचौकमा शुक्रबार जाँच गर्ने क्रममा बीआर ७ एस ४२२४ नम्बरको कारको सिटमुनि लुकाई राखेको अवस्थामा स्रोत नखुलेको ४४ लाख रुपैयाँ बरामद भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेका अनुसार स्रोत नखुलेको रकमसहित कार चालक सिरहा नगरपालिका–१७ माडरका ५२ वर्षीय प्रेमकुमार यादव र ७ नम्बर वडाका ४२ वर्षीय सञ्जयकुमार साहलाई नियन्त्रण लिइएको हो ।


ADVERTISEMENT

# # #


बरामद गरिएको रकमसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।