काठमाडाैँ – प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो।


ADVERTISEMENT


सरुवासँगै एसपी इन्चार्ज रहने १४ जिल्लाका प्रमुख फेरिएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा कार्यरत विपिन रेग्मी सुनसरीमा सरुवा भएका छन् । रेग्मीसँगै पश्चिम नवलपरासीमा काजीकुमार आचार्य, पूर्वी नवलपरासीमा नरहरी रेग्मी, सप्तरीमा गजुसिद्धि बज्राचार्य र कपिलवस्तुमा नवरत्न पौडेल सरुवा भएका छन्।

यस्तै भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्रकुमार श्रेष्ठ, कास्कीमा मोहनकुमार थापा, उदयपुरमा रमेश थापा, दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडाले जिम्मेवारी पाएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत सञ्जजयसिंह थापालाई नुवानकोट, मकवानपुरमा सीताराम रिजाल, बारामा सुरेश कुमार काफ्ले सरुवा भएका छन्।

हेर्नुहोस् एसपी सरुवा सूची