एसियन कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल पुनः वर्षाका कारण अवरुद्ध भएको छ ।


ADVERTISEMENT


११.२ ओभरको खेल सकिएपछि खेल पुनः स्थगित गरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेल अवरुद्ध हुँदासम्म ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।


ADVERTISEMENT

# # #


भारतका कप्तान रोहित शर्मा ११, विराट कोहली ४ र शुभमन गिल ६ रन बनाएर आउट भए । श्रेयस ऐयर १४ र इसान किसान २ रन बनाएर क्रिजमा छन् । पाकिस्तानका सहिन साह अफ्रिदीले २ र हरिस रउफले एक विकेट लिए ।